टर्कीमा ठगिएका कामदारलाई कम्पनीले पठायो क्षतिपूर्ति (सूचीसहित)
काठमाडौं। वैदेशिक रोजगारीका लागि टर्की पुगेर ठगिएका केही नेपाली कामदारले क्षतिपूर्ति पाउने भएका छन्। टर्कीस्थित आइजिए कम्पनीले नेपाली कामदारलाई क्षतिपूर्ति पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ।
आइजिए कम्पनीले प्रतिकामदार ५ सय र ७ सय अमेरिकी डलरका दरले १ सय ७० जनाको ९७ लाख ९ हजार ९ सय ८६ रुपैयाँ क्षतिपूर्ति पठाएको हो।
नेपालस्थित युरो नेपाल, एचआर, अवसर नेपाल, स्विफ्ट नेपाल, डेल्टालगायत म्यानपावर कम्पनीमार्फत २ वर्षको करारनामा पत्रमा हस्ताक्षर गरेर टर्की पुगेका १ हजार ३ सयभन्दा बढी कामदारहरु ७ महिनामै फर्काइएका थिए।
स्काप फोल्डिङ काम भनेर क्लिनर लगायत काममा पुर्याइएको, तलब मासिक ५ सय डलर हुने सुनाइए पनि मासिक २ सय मात्रै दिइएको पीडितहरुले बताएका थिए।
करार अवधि अगावै विभिन्न समयमा फर्काइएका २ सयभन्दा बढी श्रमिकहरुले वैदेशिक रोजगार विभाग बुद्धनगरमा उजुरी दिएका थिए। उजुरी दिएकामध्ये १ सय ७० जना कामदारहरुलाई टर्कीस्थित आइजिए कम्पनीले क्षतिपूर्तिस्वरुप रकम पठाएको विभागले जनाएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment