सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

डिसी नेपाल
२९ फागुन २०८२ १८:१३
1.7k
Shares

काठमाडौं। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। त्यसका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेद शाहबीच घनिभूत छलफल भइरहेको छ।

रास्वपाले चुनाव अगाडि नै बालेलनलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर चुनावमा होमिएको थियो। अहिले बालेन प्रधानमन्त्री बन्ने विषयमा कुनै विवाद छैन।

तर बाँकी मन्त्री छनोट र संसदीय दलको नेता चयनका विषयमा रवि र बालेनबीच निरन्तर छलफल भइरहेको रवि अस्वस्थ भएपछि नयाँ सरकार गठन र पार्टीका महत्त्वपूर्ण बैठकउनको निवासमै भइरहेका छन्।

चुनावी दौडधुपका कारण केही दिनदेखि बिरामी परेका लामिछाने हाल बूढानीलकण्ठस्थित घरमै आराम गरिरहेका छन्। उनको सचिवालयका अनुसार लामिछानेलाई ज्वरो र पिसाब संक्रमण (युरिन इन्फेक्सन) देखिएको छ।

चिकित्सकले रविलाई अझै एक-दुई दिन आराम गर्न सुझाएका छन्। रविको स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा पार्टीका शीर्ष नेताहरूबीचको छलफल पनि उनको निवासमै भइरहेको छ। रास्वपाका

अहिले समानुपातिक सांसद चयन, संसदीय दलको नेतृत्व प्रक्रिया मिलाउने तथा सम्भावित मन्त्रिपरिषद् गठनको आन्तरिक गृहकार्य भइरहेको छ। निर्वाचन आयोगले बिहीबार तीनदिनको समय दिएर समानुपातिकतर्फ पठाउने उम्मेदवारहरूको सूची पठाउन दलहरुलाई पत्र पठाएकाले पनि रास्वपाले त्यसलाई टुंग्याउने तयारी गरेको छ।

रास्वपाको विधानले बालेनलाई प्रधानमन्त्री बनाउन सहज नहुने भएपछि त्यसलाई मिलाउने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

उनीहरुबीच क कसलाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ। स्रोतका अनुसार बालेनले रविलाई पार्टी चलाउने र आफूले स्वतन्त्र पूर्वक सरकार चलाउने विषयमा जोड दिइरहेका छन्।

जनताले रास्वपाप्रति ठूलो अपेक्षा राखेको र त्यसलाई परिपूर्ति गर्ने गरी काम गर्नुपर्ने भएकाले डेलिभरी दिनसक्ने गरी सरकारको टिम बनाउनु पर्नेमा बालेनले जोड दिएका छन्।




प्रतिक्रिया

One thought on “सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

  1. wish you both all the best, only best and capable person, are eligible for minister not favorable, not like KP OLi most hated person ,who is never deserve for our country.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.