गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो

डिसी नेपाल
३० फागुन २०८२ २२:१२
500
Shares

गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो।

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त माइक्रोमा १४ जना सवार रहेकोमा सात जनाको ज्यान गएको हो।

घाइते सात जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। मृतकहरू सबै भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ।

उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्किंदै थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *