निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
काँक्रेविहार (सुर्खेत)। बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएहरूका बेपत्ता भएको खबर प्राप्त भएको थियो।
अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment