भूमिका श्रेष्ठ भन्छिन् : जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक कोटामा निर्वाचित भएकी भूमिका श्रेष्ठले आफ्नो जिम्मेवारी थप बढेको बताएकी छन्। उनी लैङ्गिक तथा यौनिक अख्पसंख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रुपमा पहिलो पटक संसदमा पुगेकी हुन्।
श्रेष्ठले आफ्नो जिम्मेवारी थपिएको हुनाले अब थप मेहेनत गर्ने बोला आएको बताउँदै सदनमा आफ्नो सहभागिता सकारात्मक रहेको बताइन्। राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन कायम गर्न र समावेशी सिद्धान्तलाई कार्यान्वयनमा ल्याउनका लागि अब्बल रहेकाले उक्त पार्टी रोजेको रहेको समेत बताइन्।
उनले भनिने, ‘रास्वपाले समावेशी सिद्धान्तलाई एकदमै ख्याल राख्ने गर्दछ। आफ्नो सहभागितालाई पार्टीले सकारात्मक ढङ्गले लिएको छ। सुशासन कायम गर्ने समावेशी सिद्धान्तलाई अगाडि ल्याउनका लागि पार्टी एकदमै अब्बल छ।’
संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायको आवाज समावेश भएपनि कार्यान्वयनमा नआउँदा समस्या भएको उनले सुनाइन्। अब आफ्नो मुख्य एजेन्डा भनेको आवश्यक नियम कानुन बनाउन सहयोग गर्ने, समूदायको आवाजलाई कसरी अगाडि लैजाने भनेर मुद्दाहरु अगाडि बढाउने रहेको बताइन्।
उनले भनिन्, ‘संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाज समावेश भएको छ। तर उचित संयन्त्र वा संरचना नहुँदा कार्यान्वयनमा ल्याउन कठिनाइ भइरहेको छ। जुन खालको नीति नियम र कानुन बन्नुपर्ने, जुन खालको खाका तयार गर्नुपर्ने थियो । त्यो तयार भएको छैन। अब म त्यसका लागि सक्रिय हुनेछु।’
आफ्नो समूदाय मात्र नभइ मधेसी, मुस्लिम, अपाङ्गता भएको व्यक्तिको आवाजलाई समेत उठाएर लानुपर्ने आफ्नो जिम्मेवारी भएको उनले बताइन्। विविधतामा एकता भनेजस्तै पछाडि परेको आवाज र मुद्दालाई अगाडि ल्याउने मूल एजेन्डा आफूले अगाडि सार्ने उनको भनाइ छ।
शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकताको समस्या, लैगिक अल्पसङ्ख्यककको कुरा र वैवाहिक समानताका मुद्दालाई एउटा किनारामा ल्याउनुपर्ने दायित्व आफ्नो रहेको श्रेष्ठले बताइन्। अबको पाँच वर्षमा समुदायको बढी फोकस गरेर काम गर्ने उनले सुनाइन्।
समूदायको अलग्गै राजनीतिक दलबारे आफूले नसोचेको बताउँदै श्रेष्ठले नेपालका सबै राजनीतिक दलहरुले सबै समूदायका मुद्दाहरु समान रुपले बोक्नुपर्ने उनको भनाइ छ। आगामी दिनमा रास्वपा नेतृत्वकै सरकार बन्ने भएकाले पार्टीले दिएको जिम्मेवारी आफूले निर्वाह गर्ने बताइन्।
मन्त्रालयको जिम्मेवारी आए पछि नहट्ने उनको भनाइ छ। डेढ दशकदेखि समूदायका मुद्दा उठाउँदै आएपनि अब थप सशक्त बनेर काम गर्ने उनको विश्वास छ।







डिसी नेपाल







Facebook Comment