निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने

डिसी नेपाल
४ चैत २०८२ १६:४४
32
Shares

काठमाडौं । निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ।

आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएकाे प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रम आयाेगकाे प्राङ्गण कान्तिपथमा हुने आयोगले जनाएको छ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएकोमा समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्।

सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *