राष्ट्रपति र प्रधानमन्त्रीद्वारा घोडेजात्रा अवलोकन (तस्बिरहरू)

डिसी नेपाल
४ चैत २०८२ १६:५५
8
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन्। सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे। सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए। प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रिगण, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो।

चैत्र कृष्ण औंसी तिथिका अवसरमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *