जेन-जी आन्दोलनका घाइतेको वर्गीकरणमा छुटेकालाई अन्तिम मौका

डिसी नेपाल
६ चैत २०८२ ७:२९
8
Shares

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंंले आगामी दुई साता भित्र जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ।

जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ।

त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आन्दोलनका घाइतेलाई आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *