भोट नदिने केन्द्रीय सदस्य र नेतालाई कारवाही गर्ने प्रचण्डको घोषणा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूलाई कारबाही गर्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा विहीबार आयोजित बैठकमा प्रचण्डले यस्तो बताएका हुन्। ‘५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको जनरल रिपोर्ट आएको छ’ उनले भने ‘कसले भोट हालेन, को घण्टीतिर गयो, त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्छ, तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन।’
साथै पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने बताउँदै उनले कारबाही सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट सुरु हुने बताएका छन् । ‘ठोस रिपोर्ट ल्याउनुहोस्, कसले हालेन, को घण्टीतिर गएको देखियो, तिनलाई आँखा चिम्लेर कारबाही गर्छौं,’ उनले भने ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment