‘मितज्यू’को ‘गैराघरे काँइली’गीतमा दया,सौगात र तेरियाको छमछमी

डिसी नेपाल
८ चैत २०८२ १०:११
4
Shares

काठमाडौं। आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरले छमछमी नाचेका छन्। लोकलयमा आधारित यस गीतमा तीनै जनाको नाचलाई असाध्यै सुहाएको देख्न सकिन्छ। श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएको यस गीतमा शब्द र संगीत पनि गायक मल्लकै रहेको छ।

गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्। यस गीतको कोरियोग्राफी भने मिङ्मा डि लेप्चा हुन्। उनको कोरियोग्राफी र कलाकारको नाचलाई दर्शकले अत्यधिक मन पराएको पाउन सकिन्छ।

निर्माण पक्षले यो गीतलाई स्रोता तथा दर्शकले अत्यधिक मन पराउने विश्वास लिएका छन्। फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मको कथा अनुसार नै गीत राखेको बताए।

उनले भने,‘फिल्मको कथाले जुन गीत मागेको थियो,सोही राखेका छौँ। यसमा हामीले कुनै कम्प्रमाइज गरेका छैनौँ। स्रोता तथा दर्शकले पनि यो गीतलाई मन पराइदिनु हुन्छ भन्नेमा म विश्वास छु। र मेरो टिम पनि।’

ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बुनिएको यो फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। यस फिल्मलाई लगानी जनक घर्ती मगरले गरेका छन्।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। तेरिया मगरको यो डेब्यु फिल्म हो।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको , सम्पादक लोकेश बज्राचार्य, छायाँकार शिशिर बिशंखे हुन।

फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर,प्रतीक्षा भाट क्षेत्री हुन्।

फिल्मको द्वन्द्व निर्देशन प्रभात विष्ट,साउन्ड डिजाइनर नवीन श्रेष्ठको छ। साथै फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने फिल्मका गीतमा संगीतकार मल्ल,मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्।

आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *