राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
काठमाडौं। राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारमा बसेको छ।
अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका विषयमा विस्तृत छलफल भइरहेको छ। साथै, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष पद र विभिन्न समिति सभापतिहरूको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषय पनि प्राथमिकतामा परेको छ।
यस्तै, हालै नवनिर्वाचित सदस्यहरूको विभिन्न समितिमा विभाजन गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा सहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, प्रमुख सचेतक, सचेतक तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको छ।
समितिको बैठकले आगामी अधिवेशनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment