नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनमा अब छुट्टै डेस्क

डिसी नेपाल
८ चैत २०८२ १८:०१
2.2k
Shares

काठमाडौं। नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनले छुट्टै डेस्कको व्यवस्था गर्ने निर्णय गरेको छ। अध्यागमनले नेपाली मूलका विदेशी नागरिकलाई लक्षित गर्दै छुट्टै आगमन र प्रस्थान कक्ष स्थापना गर्ने निर्णय गरेको हो।

अध्यागमन विभागले विदेशी मूलका नेपालीहरूका लागि अब छुट्टै डेस्क स्थापना हुने जानकारी दिएको हो। नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा/संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन छुट्टै डेस्क स्थापना हुने निर्णय गरिएको अध्यागमनले जनाएको छ।

‘नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले नेपाली मूलका विदेशी नागरिकहरूका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्था गर्नू,’ निर्णयमा भनिएको छ।

नेपाली मूलका नागरिकहरूको छाता संगठन एसोसिएसन अफ नेपाली ओरिजन, नेपाली मूलका विदेशी नागरिकलगायतले अध्यागमनमा एनआरएनए र नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै अध्यागमन डेस्क स्थापना गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो।

एएनओका अधिकारीहरूले केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर विदेशी मूलका नेपाली नागरिकका लागि अध्यागमनमा छुट्टै डेस्क स्थापना गर्न आग्रह गरेका थिए। सोही बमोजिम गृहमन्त्रीको निर्देशनमा अध्यागमन विभागले उक्त निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *