लघुकथा : अमिलिइएको मन

डिसी नेपाल
१४ चैत २०८२ ७:५४
4
Shares

‘‘प्रकाशजी, तपाईंको सुगर बढेर तीन सय पचास पुगि सकेछ। औषधि खानु भएको छैन?”डाक्टरले रिपोर्ट हेर्दै भने। ‘‘दुई महिना अघि सम्म मेरो सुगर लेबल भित्रै थियो। दुई महिनामै सुगरले च्याप्न सकछ र डाक्टर साहेव?” मैले आश्चर्य मिश्रित स्वरमा भनें।

आज मैले इन्खा एकीकृत अस्पताल इटहरीले दिएको छुट सदुपयोग गर्दै होल बडी चेक अप गराएको थिएँ। फ्याट्टी लिभर र सुगर समस्याका रुपमा देखा परे रे। कोलस्टोरको पनि समस्या हुन सक्छ रे। खान पान र उठ बसमा विशेष ध्यान राख्नु पर्छ रे।

सुगर हाम्रो सन्तानमा देखा परेकै थिएन। एक्कासी मलाई  सुगर भयो भन्दा म छांगाबाट खसेझैं भएँ। मलाई पत्याउन गाह्रो भए पनि परीक्षणले सुगर देखाएको थियो।
मलाई भोक बढी लाग्ने, सिथिल हुने, आँखाको दृष्टि कमजोर हुने, बढी तिर्खा लाग्ने बेसि निन्द्रा लाग्ने र मुख सुक्ने जस्ता लक्षणहरु केही पनि थिएनन्।

पिसाब पोल्ने, छिन् छिन्मा पिसाब लाग्ने र थोपा थोपा चुहिने समस्याले भने सताइ रहेको थियो। प्रोष्टेटले होला भन्ने ठानी रहेको थिएँ। प्रास्टेट त नर्मल नै  रहेछ। पिसाबमा इन्फेक्सन हो कि? पिसाब जचाएकै छैन।

भोलि पुनः परीक्षण गराउनु पर्ला। मलाई त विश्वासै छैन। पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक र इटहरी मेडिकलले पनि सुगर बढेको रिपोर्ट दिएका थिएँ।
सुगर घातक रोग त हो नै। यसले मृगौला, मुटु र आँखा हान्न सक्छ। सतर्कता नअपनाए अकाल्मै ज्यान जान सक्छ। म त्यसै पनि डिप्रेशनको औषधि सेवन गरिरहेको छु। मलाई चिन्ता माथि चिन्ता थपिएको छ।

म कामना गर्छु। मैले सुगरको औषधि खान नपरोस् र सुगर जाँच्ने मेशिन बिग्रिएर गलत रिपोर्ट  दिइएको    होस्।  म व्यग्र बनें। रिपोर्ट च्यातेर मिल्काइ दिएँ। मेरो मन भने पिरले अमिलिई रहेकै थियो।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *