बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन्।
उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।’
मोदीले बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्। ‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन्।
साथै, दुई देशबीचको मैत्री सम्बन्ध र सहकार्यलाई अझ उचाइमा पुर्याउन मिलेर काम गर्ने अपेक्षा व्यक्त गरिएको छ। सन्देशमा नेपाल-भारत सम्बन्धलाई दुवै देशका जनताको पारस्परिक हितका लागि थप सुदृढ बनाउने प्रतिबद्धता समेत जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment