हेटौँडा । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाएको छ ।
जिल्ला कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा भदौ २३ र २४ गते ‘जेन्जी’ को नाममा भएका आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको कार्की आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक नहुँदै गरिएको पक्राउलाई प्रतिशोधपूर्ण र पूर्वाग्रहयुक्त कदम भएको आरोप लगाइएको छ ।
मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामाद्वारा जारी विज्ञप्तिमा सरकारले यस्तो कदममार्फत मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने प्रयास गरेको उल्लेख गरिएको छ । साथै, गैर कानुनी रूपमा पुर्जी जारी गरी गरिएको पक्राउले कानुनी राज्यको उपहास भएको पनि जनाइएको छ ।
एमाले मकवानपुरले अध्यक्ष ओलीको पक्राउलाई गैर संवैधानिक, गैर राजनीतिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै तत्काल बिना सर्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ । साथै, घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न पनि आग्रह गरिएको छ ।







डिसी नेपाल







Facebook Comment