टीकापुर उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक समुह विजयी

डिसी नेपाल
५ असोज २०७६ १०:२०

कैलाली । कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक समुहका रामबहादुर भण्डारी विजयी भएका छन्।

नेकपा निकट समुहका अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारीसहित लोकतान्त्रिक समुह नै विजयी भएको छ । भण्डारीले ५४१ मत प्राप्त गरेका छन् भने खत्रीले ३२० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी भए ।

महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी भएका छन् ।

महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी (पन्छी), दलित सदस्यमा अमित टमटा नेपाली, विजयी भएका छन् ।

खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी हुनुभएको निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले मतदातालाई धन्यवाद दिँदै व्यापारीको सुझावका आधारमा काम गर्ने बताए । शनिबार भएको चुनावमा एक हजार दुई मतमध्ये ९१६ मत खसेको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *