चितवनमा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने

डिसी नेपाल
१५ चैत २०८२ २२:१२
88
Shares

चितवन। आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणकले काम गर्ने जानकारी दिइयो।

कार्यालयका प्र्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिइन्। उनले असार ७ गतेसम्म जिल्लाका सातै पालिकामा स्थानीय गणकहरू नियुक्ति गरिसक्ने र त्यसरी खटिने गणकलाई आफ्नो सही सूचना प्रवाह गर्न आग्रह गरिन्।

अठार वटा उद्योग समूहका आर्थिक एकाइहरूलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली तयार गरिएको घिमिरेले जानकारी दिए।

आर्थिक गणना, २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेको पाइएका छन्, जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता नभएको पाइएको छ। कार्यालयका प्र्रमुख घिमिरेले जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषहरूको स्वामित्वमा रहेका र ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको जानकारी दिए।

गणनाका क्रममा कृषि क्षेत्रका केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिने छ। आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *