लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा पक्राउ

डिसी नेपाल
१६ चैत २०८२ ६:२२
13.6k
Shares

काठमाडौं। लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए।   उनी प्रधानमन्त्री भएलगत्तै शर्मामाथि धरपकड गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *