ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीमाथि छनविनको माग

डिसी नेपाल
१६ चैत २०८२ १५:४४
356
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज(सोमबार)पनि आन्दोलन जारी छ।

सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन्। उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन्।

माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले प्रतिसोधको आधारमा ओलीलाई पक्राउ गरेको बताएका छन्। आन्दोलनमा सहभागि नेता कर्ण थापाले एमालेप्रति प्रतिसोध साँध्ने सरकार आएको भन्दै जनताले दिएको जनमतको दुरुपयोग भएको धारणा राखे।

उनले भने, ‘हाम्रा नेता वा पार्टीलाई प्रतिसोध साँध्ने सरकार आयो। यो सरकार विधिको शासन मान्ने कुरा र सुशासनको कुरा गरेर जनताले साथ दिए तर जनताले मत पाएपछि जे गरेपनि हुन्छ भन्ने सोच पलाएको देखिन्छ।’

सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने सहभागीहरुले माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *