संविधान संशोधनका लागि असिम शाहको नेतृत्वमा कार्यदल गठन
काठमाडौं। सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुरूप संविधान संशोधनका लागि बहस पत्र तयार गर्न लागिएको हाे। उनले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने जनाए।
कार्यदलको अध्यक्षतामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नियुक्त भएका छन्। प्रतिनिधि सभाका पूर्वसांसदसमेत रहेका असिम शाहको नेतृत्वमा बन्ने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन्।
प्रवक्ता पोखरेलका अनुसार, “राजनितिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ। राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुनेछ।”







डिसी नेपाल







Facebook Comment