अर्थमन्त्री वाग्लेद्वारा भन्सार विभागको अनुगमन
काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिनुभएको छ। विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उनले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिएका हुन्।
मन्त्री डा वाग्लेले राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउँदै इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउने उल्लेख गरे। ‘राजस्व सङ्कलनमा इमानदारी र प्रतिबद्धता देखिए मन्त्रालयले आवश्यक प्रोत्साहनको व्यवस्था गर्नसक्छ’, उनले भने।
मन्त्री डा वाग्लेले राजस्व सङ्कलन वृद्धि गरी सरकारको बृहत् समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए। यस सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत विशेष चासो रहेको उल्लेख गर्दै उनले मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत नियमित अनुगमन भइरहेको जानकारी दिए।
त्यस अवसरमा मन्त्री वाग्लेले विभागअन्तर्गत रहेको भन्सार प्रयोगशालाको पनि निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। निरीक्षणका क्रममा प्रयोगशालाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारिता बढाउने विषयमा आवश्यक निर्देशन दिनुभएको सचिवालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment