जुनसुकै अवस्थामा युद्ध रोक्ने ट्रम्पको तयारी
काठमाडौं। वाल स्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूलाई आफूले युद्ध रोक्ने बताएका छन्। उनले भनेका छन्- यदि हर्मुजको जलडमरू धेरै हदसम्म बन्द रहे पनि उनी इरान विरुद्धको सैन्य अभियान समाप्त गर्न तयार छन्।
उक्त पत्रिकाले प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ- राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरूले यो महत्त्वपूर्ण समुद्री मार्ग जबरजस्ती खोल्ने मिसनले उनीहरूको निर्धारित समयसीमाभन्दा चार देखि छ हप्ताभन्दा बढी समय लडाई लम्ब्याउने आँकलन गरेका छन्।
रिपोर्टका अनुसार इरानको नौसेना र क्षेप्यास्त्र भण्डारमा गम्भीर क्षति पुर्याएपछि, अमेरिकाले अब व्यापारको प्रवाह पुनः सुरु गर्न इरानमाथि कूटनीतिक दबाब कायम राख्नेछ। बीबीसीले टिप्पणीको लागि ह्वाइट हाउसलाई सम्पर्क गरेको तर जवाफ नपाएको बताएको छ।







डिसी नेपाल







Facebook Comment