नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा

डिसी नेपाल
१७ चैत २०८२ १८:२१
84
Shares

काठमाडौं। नेपाली कांग्रेसले आगामी दिनमा देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो।

पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस नोट अनुसार १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गरिनेछ। साथै, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा अध्ययन र समीक्षा प्रक्रिया पनि अगाडि बढाइनेछ।
चैत्र २३ गते कोशी प्रदेश अन्तर्गत विराटनगरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ भने त्यसको संयोजक डिला संग्रौला पन्तले गर्नेछिन्।

यस्तै, फरमूल्लाह मंसुरको संयोजकत्वमा चैत्र २५ गते मधेश प्रदेश अन्तर्गत जनकपुरमा समीक्षा कार्यक्रम आयोजना हुनेछ।
यस्तै, गण्डकी प्रदेश अन्तर्गत पोखरामा चैत्र २७ गते देवराज चालिसेको संयोजकत्वमा कार्यक्रम हुनेछ।

लुम्बिनी प्रदेश अन्तर्गत दाङमा चैत्र २९ योगेन्द्र चौधरीको संयोजकत्वमा, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते कर्णबहादुर बुढाको संयोजकत्वमा कार्यक्रम हुने बैठकले निर्णय गरेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते प्रकाश रसाइली स्नेहीको संयोजत्वमा, बागमती प्रदेशको हेटौंडामा वैशाख ७ गते बहादुर सिंह लामाको संयोजकत्वमा समीक्षा कार्यक्रम आयोजना हुनेछ।

प्रेस नोटअनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरिनेछ। कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय सभापतिहरू तथा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहने। सम्बन्धित जिल्ला कार्यसमितिहरूले कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *