पर्सा मालपोतका तत्कालीन ८ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सासम्बन्धी राजस्व चुहावट प्रकरणमा आठ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ बाट एउटै नम्बरमा दोहोरो तथा तेहोरो रजिष्ट्रेशन नम्बर प्रयोग गरी एकभन्दा बढी लिखतहरू पारित गरिएको पाइएको छ। यसरी बढी रकम भएका लिखतहरूको वास्तविक रकम नदेखाई राजस्व चुहावट गरिएको आरोप छ।
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पद्मप्रसाद अर्याल, सुरेन्द्र प्रसाद रावल र कुम्मीसमेत गरी ८ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को देहाय (ग) बमोजिम मुद्दा दायर गरेको छ।आरोपितहरूलाई फरक–फरक बिगो कायम गरी कैद सजाय तथा बिगो रकमको दोब्बर जरिवाना हुनसक्ने मागदाबी गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment