महेश बस्नेतविरुद्ध शोभा पाठकको रिट खारेज

डिसी नेपाल
१८ चैत २०८२ १८:५८
1.8k
Shares

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतले खारेज गरेको छ। पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो।

पाठकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध पाठक उच्च अदालत गएकी थिइन्। उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप खारेज भएको छ।

उक्त जाहेरीमा अनुसन्धान गर्दा उचित प्रमाण फेला नपरेको भनेर जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध पाठक रिट लिएर उच्च अदालत पाटन गएकी थिइन्। त्यो रिटमा पनि खारेज भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *