पत्रकार दिलभूषण पाठकले पाए सफाइ

डिसी नेपाल
१८ चैत २०८२ १९:४२
560
Shares

काठमाडौं । पत्रकार दिलभूषण पाठकले सफाइ पाएका छन्। बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकको मुद्दामा दाबी नपुग्ने आदेश गरी सफाइ दिएको हो।

उनीविरूद्ध साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै मुद्दा दायर भएको थियो। उनले आफ्नो युट्युब च्यानलमा ‘टफ टक विथ दिलभूषण पाठक’मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवाको लगानी हिलटन होटलसँग भएको भनेर प्रसारण गरेका थिए।

त्यस भिडिओ प्रसारण गरेपछि साइबर ब्युरोमा जयविरले उजुरी गरेका थिए। जिल्ला अदालतमा गत असार १८ गते मुद्दा दायर भएको थियो।

जिल्ला अदालत काठमाडौंले दाबी नपुग्ने आदेश गरेको हो। यसअघि थुनछेक आदेश हुँदा उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *