२७ दिन पछि भेरी नदीमा इनिशाको अन्त्यष्टि

डिसी नेपाल
१९ चैत २०८२ १६:५४
64
Shares

सुर्खेत । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि भेरी नदीमा अन्त्यष्ठि गरिएको छ।

सामुहिक बलात्कार पछि इनिशाको हत्या गरिएको र दोषिलाई कारवाही नहुँदासम्म शव नबुझ्ने परिवारको अडानपछि २७ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पछि परिवारले शव बुझ्न सहमत भएका थिए। दुई साता लामो अनुसन्धान पछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहस पछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलाशले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ।

फागुन २३ गते शनिबार बिदाको दिन बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *