कांग्रेस सभापति थापालाई सम्मान

डिसी नेपाल
१९ चैत २०८२ २१:०२
1.3k
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ। नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा आज सम्मान गरेको हो।

सङ्घका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकालसहित सङ्घका पदाधिकारी तथा सदस्यहरुको टोलीले लोकतन्त्र, सुशासन, सामाजिक न्याय, समृद्ध नेपालको दृढ सङ्कल्पसहित अघि बढेर नेतृत्वदायी भूमिका खेलेको भन्दै सभापति थापालाई सम्मान गरेका हुन्।

सङ्घले होटल, पर्यटन र व्यवसायी क्षेत्रको संरक्षणमा नेपाली कांग्रेसले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा व्यवसाय क्षेत्रको सुदृढीकरणमा कांग्रेसले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *