सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप
काठमाडौं। बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ। अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन्।
पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन्। लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन्।
कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ। सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो। युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन्। लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो।
नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन्।
उनको यो पोस्टपछि धेरैले प्रतिक्रिया दिएका छन्। कमेन्टमा लम्साललाई पनि थुप्रैले प्रश्न गरेका छन्। तर लम्सालले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। मोबाइल फोन पनि रिसिभ भएन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment