एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण

डिसी नेपाल
२१ चैत २०८२ २१:३९
24
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सङ्घीय सांसद्लाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ।

सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिए।

त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न) बारेमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा कार्यवाहक अध्यक्ष रामबहादुर थापासहित दुवै सदनमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *