विशालको नयाँ गीतमा परदेशीएको छोराले परिवार सम्झेर गरेको बिलौना [भिडियो]
काठमाडौं। गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बोलको गीत बजारमा आएको छ।
गीतमा गायक निरौलाकै शब्द/संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ। परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा विशालका साथमा प्रशान्त पौडेल, रञ्जन राई, पोषण जिएम, मदन पुन मगर लगायत फिचर्ड छन्।
ज्ञानेन्द्र शर्मा हुँमागाईको छायांकन तथा निर्देशनमा तयार भिडियोमा अमृत चापागाइँको सम्पादन छ।
गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment