नायिका केकी अधिकारीसहित चढेको गाडी दुर्घटनाग्रस्त

डिसी नेपाल
५ असोज २०७६ २०:१६

काठमाडौं। नायिका केकी अधिकारी दुर्घटनामा परेकी छन्। नायिका अधिकारी स्वयमले सामाजिक सञ्जाल फेसबुकमा आफुहरु गए राती २ बजेतिर दुर्घटनामा परेको जानकारी दिएकी छन्।

समाचार अनुसार गएराती रौतहमा उनीसहित अन्य कलाकार चढेको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको हो। सो गाडीमा रहेका अधिकारीसहित फिल्म निर्देशका पुर्नेन्दु झा, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे बताइएको छ।

नायिका अधिकारी विभिन्न भाषाभाषीका गीतको छाँयाकनका लागि रौतहट जान लागेकी थिइन्। नायिका अधिकारीले आफुलगयात दुर्घटनामा परेका सबै सामान्य रहेको जानकारी दिएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *