No ads found for this position
No ads found for this position

आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ चैत २०८२ ८:०९
80
Shares
No ads found for this position

काठमाडौं । उनी हुन् जस्टिना दर्लामी । हातमा पर्चा बोकेर उभिएकी उनी कुनै साथीलाई कुरेर बसेकी भने होइनन् । कक्षा ११ मा अध्ययनरत उनी आइन्स्टाइन जेभियर कलेजकी विद्यार्थी हुन् । आफ्नो कलेजको प्रचारप्रसार गर्ने उद्देश्यले उनी बिहानैदेखि ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको मूल गेट अगाडि रहेको परीक्षा केन्द्रमा उपस्थित थिइन् । स्कुल ड्रेसमै हातमा कलेजका पर्चाहरू बोकेर उनले एसईई दिन आएका विद्यार्थीहरूलाई वितरण गर्न पर्खिरहेकी थिइन् ।

उनको उद्देश्य भनेको परीक्षा दिने विद्यार्थीहरूलाई कलेजका शैक्षिक कार्यक्रमबारे जानकारी दिने हो । जस्टिनासँगै अर्की एक जना विद्यार्थी पनि पर्चा वितरणमा संलग्न थिइन् । परीक्षा दिने विद्यार्थीका परिवारहरूलाई भने पर्चा पहिले नै वितरण भइसकेको थियो ।

उनले भनिन्, ‘कलेज चिनाउनको लागि यस्तो पर्चा बाँडिरहेका हौं । सबै विद्यार्थीहरुलाई चिनाइदियो भने झन सजिलो हुन्छ ।’

परीक्षा दिइरहेका विद्यार्थीहरू पहिले नै दबाबमा हुन्छन् । तर यसरी परीक्षा केन्द्रकै गेटमा आक्रामक प्रचार–प्रसार गर्दा गेटमै विज्ञापन थमाइँदा उनीहरूमा थप तनाव र चिन्ता बढ्न सक्ने अनुमान गरिन्छ । परीक्षाकेन्द्र आसपास शान्त र व्यवस्थित वातावरण हुनुपर्नेमा यस्तो गतिविधिले परीक्षाको गरिमा र अनुशासनमा असर पर्ने गर्छ ।

नतिजा नै नआइसकेको अवस्थामा विद्यार्थीहरूलाई लक्षित गरेर आक्रामक मार्केटिङ गर्नु उनीहरूको संवेदनशील अवस्थाको फाइदा उठाएको अनुमान गरिएको छ ।

आइन्स्टाइन जेभियर कलेजले आफ्ना शैक्षिक कार्यक्रमको प्रचार गर्दै विद्यार्थीहरूले स्कूल युनिफर्ममै पर्चा वितरण गरेको पाइएको छ ।
यसबीच, देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेकाले विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । तर, केही निजी विद्यालय र कलेजहरूले भने परीक्षा केन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार गर्ने प्रयास


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *