साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी
काठमाडौं। राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छन्।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँको कुराकानी उनले साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन्।
महिलालाई समाजमा बाच्नै नसक्नेगरी हतियारको रुपमा सामाजिक सञ्जालको नकारात्मक रुपमा प्रयोग भएको भन्दै उनले मर्यादीत समाज बनाउनको लागि पनि साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘समाजमा बाच्नै नसक्नेगरी अहिलेको अर्को हतियार नकारात्मक रुपमा महिलाहरुमाथि प्रयोग भएको छ। महिलाको जीवन सिध्याउन उसको चरित्रमाथि प्रश्न गरिदिए पुग्छ। यो साइबर बुलिङ सम्बन्धी कानुन नै बनाएर जुन अपराधिक क्रियाकलाप भइरहेको छ त्यसको लागि सरकाले चाँडै सोच्ने छ। मर्यादीत समाज बनाउने हो भने यस सम्बन्धी कानुन नै बनाउनुपर्छ जस्तो लाग्छ।’
त्यस्तै राष्ट्रिय सभाको काम कारवाहीलाई सहजिकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई शसक्त र मर्यादीत सभा बनाउन आफ्नो भूमिका रहने उनले जानकारी दिइन्। सभाको गरिमालाई मध्यनजर गरेर अनुशासित पूर्वक काम कारवाही अगाडि बढाउने विशेष योगदान आफ्नो हुने उनले जानकारी दिइन्।
‘राष्ट्रिय सभाको काम कारवाहीलाई सहजिकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई शसक्त, मर्यादीत सभाको आफ्नो कर्तव्यतिर सहयोग गर्न मेरो आफ्नो भूमिका हुनेछ। सभाको गरिमालाई मध्यनजर गरेर अनुशासित पूर्वक अध्यक्षपछि मैले काम कारवाही अगाडि बढाउने विशेष योगदान हुने छ,’ उनले भनिन्।







डिसी नेपाल







Facebook Comment