आज ४०औँ सामाजिक सेवा दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदै
फार्यल तस्बिर
काठमाडौँ । सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई रु एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कार दिने गरी आज (सोमबार) ४०औँ सामाजिक सेवा दिवस मनाइँदै छ ।
गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीहरुको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न प्रत्येक वर्ष एउटा संस्था र सात समाजसेवीलाई पुरस्कार वितरण गरिँदै आइएको छ। पुरस्कृत संस्था र व्यक्तिको नाम आज नै सार्वजनिक गरिने छ।
८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मूल समारोहस्थलमा विकास प्रदर्शनी हुने पनि आयोजक संस्थाले जनाएको छ। दिवस मूल समारोहमा उपस्थित हुन करीब एक हजार ८०० पाहुनालाई निमन्त्रणा गरिएको छ । सामाजिक सेवा दिवस मुलुकभर मनाउन ३२० सामुदायिक रेडियोसमेतलाई परिचालन गरिएको छ ।
२५ उत्कृष्ट लेख रचना सहितको सामाजिक विकास विशेषाङ्क विमोचन गर्ने कार्यक्रम छ। आज भृकुटिमण्डपमा उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागितामा दिवस मनाउन लागिएको हो। कार्यक्रम बिहान साढे ७ बजेबाट साढे ८ बजेसम्मको प्रभातफेरीसँगै सुरु हुनेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment