उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको हाे।
उपसभामुखको निर्वाचन आज हुँदै छ। राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दिएकी छन्।
४ बजे बस्ने उपसभामुखको निर्वाचन हुने कार्यसूची छ। त्यसअघि ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै छन्।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन्। श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment