आफन्तलाई नियुक्ति नदिलाउन सांसदहरूलाई रास्वपा सभापति लामिछानेको निर्देशन

डिसी नेपाल
२७ चैत २०८२ १५:२२
48
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफन्तहरूलाई नियुक्ति दिलाउने कार्यमा संलग्न नहुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले उक्त निर्देशन दिएका हुन्।

आफूहरू जेनजीको बलिदानबाट आजको स्थानमा पुगेकाले उक्त मर्मलाई बुझ्न उनले सांसदहरूलाई आग्रह गरेका हुन्।

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए। यद्यपि उनले बैठकमा केही बोलेनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *