आईपीएल : चेन्नई सुपर किंग्सको रोमाञ्चक जित

डिसी नेपाल
२९ चैत २०८२ ६:३३
168
Shares

चेन्नई। चेन्नई सुपर किंग्सले आईपीएल २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ।

चेन्नईले शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै जारी सिजनमा आफ्नो जितको खाता खोलेको हो। सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको चेन्नईको लागि यो सिजनको चौथो खेलमा पहिलो सफलता हो।

चेन्नईका लागि सन्जु स्यामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए। यो उनको चेन्नईको जर्सीमा पहिलो र आईपीएल करियरको चौथो शतक हो।

पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१२ रनको विशाल योगफल तयार पारेको थियो। जसमा आयुश म्हात्रेले पनि ५९ रनको महत्त्वपूर्ण योगदान दिए।

२१३ रनको लक्ष्य पछ्याएको दिल्लीलाई १८९ रनमा रोक्न चेन्नईका बलर जेमी ओभरटनले ४ विकेट लिए भने अंशुल कम्बोजले ३ विकेट चट्काए।

यो जितसँगै चेन्नईले अंक तालिकामा २ अंक जोड्दै आफूलाई नवौँ स्थानमा उकालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *