प्रहरी निरीक्षक राजु केसी खत्रीको सक्रियतामा लागूऔषध ओसारपसार नियन्त्रणमा सफलता
सिन्धुली। लागूऔषध ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले उल्लेखनीय सफलता हासिल गरेको छ।
प्रहरी निरीक्षक राजु केसी खत्रीको कुशल नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा लागूऔषधसहित अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
मिति २०८२/१२/२८ गते कमलामाई नगरपालिका–९, वीपी राजमार्ग अन्तर्गत भिमान–चेकपोष्ट क्षेत्रमा सवारी साधन चेकजाँच तीव्र पारिएको थियो।
सोही क्रममा लागूऔषध खोजीका लागि प्रयोग गरिएको तालिमप्राप्त ‘ड्रग डिटेक्टर’ कुकुरको सहयोगमा यात्रुहरूको शंकास्पद सामान परीक्षण गर्दा लुकाइछिपाइ राखिएको लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, एक व्यक्तिबाट प्लास्टिकमा प्याक गरिएको करिब ३३.८०० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
त्यस्तै, छुट्टै घटनामा उदित नारायण राय अमातको साथबाट करिब ०.५३० ग्राम र मोरङ बेलबारी नगरपालिका–१० निवासी ३७ वर्षीय पदम बहादुर जोगीको साथबाट १२.६०० ग्राम लागूऔषध जस्तो देखिने पदार्थ समेत बरामद गरिएको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक राजु केसी खत्रीको संयोजन र नेतृत्वमा गरिएको यस अपरेसनले सिन्धुली जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ।







डिसी नेपाल







Facebook Comment