इरानले आफ्ना छिमेकी देशहरूसँग युद्धको क्षतिपूर्ति माग्यो

डिसी नेपाल
१ वैशाख २०८३ १०:२०
2.0k
Shares

काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरू साउदी अरेबिया, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ।

संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाएका छन्।

यस पत्रमा भनिएको छ – यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेका छन् र अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्छ।

बीबीसी फारसीका अनुसार इरानी राजदूत अमिर सईद इरवानीले लेखेको पत्र समाचार एजेन्सी इर्नाले प्रकाशित गरेको छ।

पत्रमा भनिएको छ, “यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेका छन् र इरानप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका छैनन्। त्यसैले, अब उनीहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी स्थापित भएको छ।”

“उनीहरूले इरानलाई भौतिक र मानसिक क्षति सहित सबै क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्छ।”

इरानले यस्तो माग गरेको यो पहिलो पटक होइन। यसअघि पनि इरानले युद्धमा भएको क्षतिको क्षतिपूर्ति अमेरिकासँग मागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *