काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सुरु (तस्बिरहरू)

डिसी नेपाल
१ वैशाख २०८३ २२:३१
80
Shares

काठमाडौं। साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सुरु गरेको छ। काठमाडौं, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, चन्द्रगिरी नगरपालिको सहयोगमा बससेवा सुरु भएको हो।

बससेवा आज बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। बस ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ।

यस्तै, थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म एउटा रुटको रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछ।

फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुनः थानकोट पुग्नेछ। नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन्।

रात्रिकालीन सेवा सञ्चालनका लागि यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा चारवटा सीसीटिभी क्यामेरा जडान गरिएको छ भने काठमाडौं महानगरपालिकाले प्रत्येक बसमा एकजना नगर प्रहरी खटाउनेछ।

रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *