प्रहरीको शव काँधमा बोकेर गृहमन्त्री अन्तिम संस्कारमा

डिसी नेपाल
४ वैशाख २०८३ १२:३६
596
Shares

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ एक प्रहरी अधिकारीको शव काँधमा बोकेर दाहसंस्कारमा पुगेका छन् । काठमाडौँको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका प्रहरी निरीक्षक अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका हुन् ।

चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा मोटरसाइकल चलाइरहेका लामालाई ट्रकले ठक्कर दिएको थियो । इन्स्पेक्टर लामाको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको हो । इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *