नक्कली नोटसहित दुई जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको फूलबारी घर भइ ललितपुरको चापागाउँ बस्ने ३२ वर्षीय रामकुमार पाख्रिन र सिन्धुलीको घ्याङलेख गाउँपालिका ५ घर भइ ललितपुरको इमाडोल बस्ने २४ वर्षीय शिव घिसिङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनीहरूलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले गएराति काठमाडौं महानगरपालिका २६ ठमेलबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट ५०० दरका २८ वटा नक्कली नोट बरामद भएको छ। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment