सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
४ वैशाख २०८३ २२:२०
104
Shares

काठमाडौं। सवारी दुर्घटनामा तीन जनामाको ज्यान गएको छ।

महोत्तरीको भंगहा नगरपालिका-६ मौवाचोकस्थित सडकमा अनटेष्ट लेखिएको सिटी सफारी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८ धर्मपुर घर भएका ५५ वर्षीया बेचनी सरदारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका-४ तेल्लोकस्थित सडकमा मे.१ त ७७६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक फुङलिङ नगरपालिका-२ घर भएका २६ वर्षीय राजु रसाईलीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।

तनहुँको बन्दिपुर गाउँपालिका-४ बिमलनगरस्थित सडकमा दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३-०१-००३ क ४८९८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा पालुङटार नगरपालिका-६ घर भएका ६१ वर्षीय खुद बहादुर थापाको बिहीबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *