‘कबड्डी कबड्डी कबड्डी’को धमाकेदार व्यापार, ३ दिनमा कति कमायो ?

डिसी नेपाल
६ असोज २०७६ १५:५४

काठमाडौं। कबड्डी कबड्डी कबड्डी फिल्म प्रर्दशनमा आएको तीन दिनमा नै चार करोड ३२ लाख कमाएको छ । शुक्रबारदेखि प्रर्दशनमा आएको कबड्डी कबड्डी कबड्डीको फिल्म व्यापार वितरणको जिम्मा लिएको स्टेसन फाइभले सामाजिक सन्जालमा सार्वजानिक गरेको हो ।

पहिलो दिन एक करोड ४७ लाख कमाई गरेको फिल्मको व्यापार दोस्रो दिन एक करोड ७८ लाख भएको थियो । तेस्रो दिन भने व्यापार घटेर एक करोड सात लाख मात्रै कमाई गरेको छ । तीन दिनको कमाई चार करोड ३२ लाख पुगेको छ ।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, लगायत कलाकारको अभिनय रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *