रेडपाण्डा अध्ययन र अवलोकन गर्न आउनेको संख्या बढ्यो, विदेशीलाई विशेष चासो
इलाम। विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा पर्यटक पुग्ने क्रम बढेको छ।
सन्दकपुर गाँउपालिकाको दोबाटेमा अमेरिका, अस्ट्रेलिया, न्यूजिजल्याण्ड, भारत, बंगलादेशका पर्यटकहरु रेडपाण्डा अध्ययनमा पुग्ने गरेका छन्।
दोबाटेबाट नजिकै रहेको कैयाकट्टामा पनि रेडपाण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ। सिंहलिला कंचनजंघा क्षेत्रमा पर्ने इलामको उत्तरी क्षेत्र रेडपाण्डाको बासस्थान हो।
नेपाल, भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइने रेडपाण्डा हेर्नकै लागी बिभन्न मुलकका पर्यटकहरु इलामका उच्च पहाडी क्षेत्रमा पुग्ने गरेका इलामका पर्यटनकर्मी तथा पत्रकार सुजन तिम्सीनाले जानकारी दिए।
रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनमा रेडपाण्डा नेटवर्क सक्रिय रहेको छ। इलामको सूर्योदय नगरपालिका १ को थुम्के, माईजोगमाई गाउँपालिकाको आहालभञ्ज्याङ्ग, सन्दकपुर गाउँपालिकाको टप्पु, छिन्टापु, दोबाटे, कैयाकट्टा, जौबारी, गैरीबास र चोयाटार क्षेत्रमा रेडपाण्डा पाइन्छ। यहाँ रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम भएपछि बिदेशी पर्यटक पुग्ने गरेका छन्।
रेडपाण्डाको बढी बसोबास भएको क्षेत्र सन्दकपुर गाउँपालिका हो। जसका कारण रामसार क्षेत्र माईपोखरीबाट जौबारी जोड्ने ५२ किलोमिटर लामो पदमार्गलाई गाउँपालिकाले रेडपाण्डा पदमार्ग घोषणा गरि पर्यटन प्रवद्र्धन गर्दै आएको छ।
सन्दकपुरमा रेडपाण्डासँगै सयौँ प्रजातीका चराहरु, ध्वाँसे चितुवा, चरिबाघ, मुनाल लगायतका वन्यन्तुहरुको अध्ययन गर्न पाइन्छ। जसका कारण तेस्रो मुलकका पर्यटकहरुको आकर्षण इलामका उच्च पहाडी क्षेत्रमा बढेको हो।







डिसी नेपाल







Facebook Comment