तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो
रौतहट। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजका लागि देशका विभिन्न सहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ। आज बिहान ८ः०० बजे जारी गरिएको विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने देखिएको छ।
आज दिउँसोको अधिकतम तापक्रम हेर्दा दिपायल, धनगढी र नेपालगन्ज सबैभन्दा तातो हुने अनुमान गरिएको छ। यी सहरहरूको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने देखिएको छ । यस्तै, भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने प्रक्षेपण गरिएको छ।
संघीय राजधानी काठमाडौँको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस बीच रहने छ भने न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने अनुमान छ। पहाडी भेगका अन्य सहरहरू जस्तै पोखरामा २९-३१ डिग्री, धनकुटामा २८-३० डिग्री र ओखलढुङ्गामा २५-२७ डिग्री सेल्सियस तापक्रम रहने देखिन्छ।
हिमाली जिल्ला मुस्ताङको जोमसोममा भने मौसम निकै चिसो रहने छ। जोमसोमको न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस सम्म झर्ने पूर्वानुमान गरिएको छ। जिरी र जुम्लामा पनि न्यूनतम तापक्रम क्रमशः १०-१२ र ६-८ डिग्री सेल्सियस रहने देखिन्छ। बढ्दो गर्मीलाई मध्यनजर गर्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन र प्रशस्त पानी पिउन सुझाव दिएका छन्।







डिसी नेपाल







Facebook Comment