इरानले हर्मुज स्ट्रेटमाथि ‘नियन्त्रण’ नछोड्ने

डिसी नेपाल
७ वैशाख २०८३ १०:५१

काठमाडौं । इरानले हर्मुज जलडमरूको नियन्त्रण नत्याग्ने बताएको छ र एक वरिष्ठ इरानी सांसदले यसलाई “इरानको अधिकार” भनेका छन्।

इरानी सांसद तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका पूर्व कमाण्डर इब्राहिम अजीजीले बीबीसीलाई भने : “हर्मुजको जलडमरूमबाट जहाजहरू जान दिने कि नदिने भन्ने निर्णय इरानले गर्नेछ।”

उनले अब यससँग सम्बन्धित कानून पनि बन्ने र संसदमा यससम्बन्धी विधेयक पेश हुने दाबी गरे।

इब्राहिम अजीजीले हर्मुजको जलडमरूलाई ‘शत्रुको सामना गर्न इरानसँग भएको शक्तिहरू मध्ये एक’ भनेर वर्णन गरे।

उल्लेखनीय छ कि यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरू खुलेको दाबी गरेका थिए।

यद्यपि, इरानी सरकारी मिडियाले पछि हर्मुजको जलडमरू फेरि बन्द भएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *