आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

डिसी नेपाल
७ वैशाख २०८३ ११:५६

काठमाडौं। सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज दुई दिन बालबालिकालाई भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाएको हो।

स्वास्थ्य सेवा विभागको अनुसार यो अभियानमा छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।

यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *