भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

डिसी नेपाल
१० वैशाख २०८३ २२:०७

काठमाडौं । झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ। सो भवनको आज शिलान्यास समेत गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास, काठमाडौंका काउन्सिलर गीताञ्जली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले आज संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेका हुन्।

भारत सरकारको आर्थिक सहयोग करिब पाँच करोड ८० लाख रुपैयाँमा सो भवन निर्माण हुन लागेको यहाँस्थित दूतावासले जनाएको छ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

कार्यक्रममा मुख्यमन्त्री तथा अन्यले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने उनीहरूले विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *